नक्कली भारतीय नोट सहित दुइ पक्राउ

सुवास कंडेल / सामुदायिक रेडियो बागलुङ एफएम
जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली भारतीय नोट सहित दुइ जनालाई आज साँझ पक्राउ गरेको छ । बानपा १ रामरेखाबाट प्रहरीले तीन लाख २५ हजार नक्कली भारतीय नोट सहित पसा्रको छप्कैया ३ का ३७ बर्षिय हिरालाल कर्ण र भारतको रक्सौलका ४० बर्षिय जगत गुप्तालाइ पक्राउ गरेको हो ।
नियमित चेकजाँच गर्नेक्रममा प्रहरीले बा ३८ प ८५५३ नम्बरको मोटरसाइकलमा सवार गुप्ताको साथबाट दुइलाख ३२ हजार ५ सय र कर्णको साथबाट ९२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी निरिक्षक कृष्णप्रसाद अर्यालले बताए ।
बरामद नोट भारतीय ५ सय र एकहजारका भएको पाइएको छ । पक्राउ अभियुक्त र रकम बारे छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

बागलुङको बिहुंलाई पर्यटकिय क्षेत्र घोषणा गर्न माग

सुवास कंडेल
बागलुङ ७ पुस
बागलुङको विहुँ गाविसलाई स्थानियले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्न माग गरेका छन् । उनिरुले स्थानिय लागतमा बिहुं ६ रामकोटमा रहेको शिवालय मन्दिरको पूर्ननिर्माण गरि त्रिपुरेश्वर महादेवको रुपमा पश्चिमाचलकै नमूना मन्दिरको निर्माण गरेका छन् । 
प्यागोडा शैलीमा दक्ष कालिगढहरुले सो ठाउंमा एक करोडको लागतमा मन्दिर गरेका हुन् । गाविसलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नका लागि एकसाता सम्म मन्दिरमा सांगमहारुद्राभिषेक आध्यात्मरामायात्मक विश्वशान्ति बृहत धनधान्याचल ज्ञान महायज्ञ सम्पन्न गरेका छन् । मन्दिरको भौतिक पूर्वाधारको विकास गर्ने तथा संस्कृत पाठशाला र अतिथि तथा सन्त निवास निर्माण गर्नका लागि संचालित महायज्ञमा एक करोड १६ लाख रुपैंया संकलन भएको छ । महायज्ञमा एक हजार मुरी धान र अरु जिन्सी सामाग्रीहरु संकलन भएको आयोजकले जनाएका छन् ।
महायज्ञमा संकलन भएको रकमले त्रिपुरेश्वर मन्दिर क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गरि काम अघि बढाइने मन्दिर व्यवस्थापन समितिका सचिव हरिप्रसाद कंडेलले बताए । मन्दिरमा पश्चिमााचलको ठुलो पांच क्विन्टलको शिविलंगको समेत स्थापना गरिएको छ । 
विहुँ ६ रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरको जिर्णोद्धार पछि आयोजित महायज्ञमा पर्यटन प्रवद्र्धनका लागि तयार पारिएको भौतिक निर्माणको कार्ययोजना अनुसार काम थालिएको हो । पर्यटन बर्ष नजिकीदै गर्दा स्थानीयले धार्मिक पर्यटक भित्राउने लक्ष्यका साथ आयोजकले गत मंसिर २८ देखि महायज्ञ संचालन गरेका थिए । महायज्ञमा ५० जनाले एकलाखको दरमा नगद चन्दा दिएका छन् भने अधिकांसले कम्तिमा २५ हजार नगद सहयोग गरेका छन् । भारतको हरीद्वारका पिठाधीष स्वामी सत्यप्रकाशानन्द सरस्वतीले शुभारम्भ गरेका थिए ।  ज्ञानानन्द सरस्वतीले कथा वाचन गरेको सो महायज्ञमा हजारौ भक्तालुहरु ओइरिएको आयोजक समितिका अध्यक्ष बालकृष्ण कंडेलले बताए । आयोजकले मुक्तिनाथ जान आउने भारतीय पर्यटकलाई एकदिनको बसाइ थप्ने योजनाका साथ वेद वेदाङ्ग पाठशाला गुरुकुल सन्यास आश्रम तथा अन्य पर्यटकीय भवनहरु बनाउने लक्ष्य बनाएका छन् ।
स्थानियले नजिकिदैं गरेको पर्यटन वर्ष २०११ का लागि बिहुं गाविस एक गन्तव्यको रुपमा विकसित भएको दावि गरेका छन् । उनिहले पश्चिमााचलकै नमूना मन्दिर त्रिपुरेश्वर महादेवको मन्दिर उच्च स्थानमा रहेकाले सरकारले धार्मिक पर्यटकिय क्षेत्रको सूचिमा संरक्षित गर्नुपर्ने माग गरेका छन् । 
विक्रम संवत २०३२ सालमा स्थापना भएको सो मन्दिरमा सुरुमा एक हजार आठ स्वामी परमानन्द सरस्वतीले आश्रम गरेर मन्दिरको विकास गरेका थिए । चितवनको देवघाट आश्रम यो मन्दिरको शाखा रहेको १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताए । सुरुमा सोहि मन्दिरमा आश्रम लिएर ज्ञान आर्जन गरेका सन्तहरु अहिले नेपालका विभिन्न धार्मिक स्थलहरुमा र भारतको हरिद्धारमा रहेका छन् । उक्त स्थानमा भारतीय धार्मिक पर्यटक बढी आउने गरेका छन् । बिहुं गाविसमा रहेको उक्त मन्दिर रहेको स्थानबाट एक दर्जन हिम श्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । मन्दिर नजिकै रहेको घोडाबांधेको धुरिमा समेत पर्यटकहरु जाने गरेका थिए ।

बागलुङको बिहुं १ सुल्डांडामा रहेको भिमसेन उच्च माविको नवनिर्मित भवन

बागलुङको बिहुं १ सुल्डांडामा रहेको भिमसेन उच्च माविको नवनिर्मित भवन / तस्वीर सुवास कंडेल

त्रिपुरेश्वरमा महायज्ञ सुरु नवनिर्मितमन्दिरको उद्घाटन

सुवास कंडेल बागलुङ/ बागलुङको बिहुं गाविसलाई धार्मिक पर्यकिय गन्तव्यको रुपमा विकास गर्नका लागि पूननिर्माण गरिएको त्रिपूरेश्वर महादेवको मन्दिर तथा साङ्गमहारुद्राभिषेक अध्यात्मरामायणात्मक विश्वशान्ती बृहत धनधान्ाचल महायज्ञको आज उद्घाटन गरिएको छ । भारतको हरिद्धारका पिठाधिष सत्यप्रकाशानान्दले मन्दिर र महायज्ञको उद्घाटन गर्नुभएको थियो । 
महायज्ञको उद्घाटन पूर्व बिहुं गाविसमा रहेका विद्यालय स्काउट महिला समूह मन्दिर व्यवस्थापन समिति र भक्तजनहरुको समूहले कलाशयात्रा सहित गाउं परिक्रमा गरिएको थियो । नवनिर्मित मन्दिरमा पश्चिमााचलकै ठूलो शिवलिङगको मूर्तिस्थापना गरिएको छ । महायज्ञको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले धार्मिक क्षेत्रको विकास गरेर पनि पर्यटन वर्ष २०११ लाई सफल पार्न सकिने बताएका छन् । मन्दिर व्यवस्थापन सचिव हरिप्रसाद कंडेलले समितिले मन्दिरको पूननिर्माण संगै धार्मिक पर्यटनका लागि बिहुं गाविसलाई चिनाउन सहयोग पुग्ने बताउनुभयो । 
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे परमानन्द संस्कृत गुरुकुल देवघाटका विद्यार्थी लक्ष्मण भण्डारी राजु भण्डारी मनोज भण्डारी अर्जुन पौडेल धनाजय घण्डारी ज्ञानबहादुर पूर्जा एकप्रसाद शर्मा मन्दिर निर्माण समितिका अध्यक्ष गंगाप्रसाद कंडेल लगायतले बोल्नुभएको थियो । ७ दिन सम्म संचालन हुने महायज्ञमा १ हजार ८ स्वामी विवेकानन्द सरस्वतीले प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई ताम्रापत्रले सम्मान गरिएको थियो । मन्दिर निर्माणका लागि बिहुं ९ करलिमका श्यामसुन्दर रिजालले २० लाख रुपैंया विहुं ५ का मोतिलाल कंडेलले १ लाख ५ हजार र अमृत कंडेलले १ लाख ११ हजार सहयोग गर्नुभएको थियो । महायज्ञको पहिलो दिन आज सबै भन्दा धेरै रकम बिहुं ९ का बालकृष्ण सुवेदीले ६ लाख ७ हजार सहयोग गर्नुभएको छ । महायज्ञको पहिलो दिनमात्र मन्दिर निर्माण सहितको रकम ३६ लाख रुपैंया संकलन भएको महायज्ञ संचालन समितिले जनाएको छ । २०२९ सालमा निर्माण गरिएको मन्दिर जिर्ण बन्दै गएपछि स्थानियबासीको पहलमा करिब १ करोडको लागतमा पश्चिमााचलमै नमुना आकर्षक शैलीमा पुर्ननिर्माण गरिएको मन्दिरको निर्माण गरिएको हो । मन्दिरलाई प्योगोडा शैलिमा निर्माण गर्नका लागि विगत ४ महिना देखि भक्तपूरका कालिगढहरु खटिएका छन् । 

बिहुलाई धार्मिक पर्यटकिय गन्तव्य स्थल बनाउन

बागलुङको बिहुलाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको रुपमा बिकास गर्ने उद्धेश्यले बिहुको रामकोटमा प्यारोडा शैलीमा पर्नुनिर्माण गर्न लागिएको त्रिपुरेश्वर महादेव मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
करिब १ करोडको लागतमा पश्चिमााचलमै नमुना आकर्षक शैलीमा पुर्ननिर्माण गर्न लागिएको मन्दिरको ९० प्रतिशत काम सकिएको र १० प्रतिशत काम बाकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव हरि प्रसाद कंडेलले जानकारी दिनुभयो ।
बिहुलाई आकर्षक धार्मिक स्थलको रुपमा विकास गर्नका लागि प्यारोडा शैलिमा मन्दिर निर्माण भइरहेको र मन्दिरलाई सुसज्जित गर्नका लागि काठमाण्डौ र भक्तपुरबाट तालिम प्राप्त दक्ष व्यक्तिहरुलाई ल्याइएको उहाले जानकारी दिनुभयो । २०२९ सालमा निर्माण गरिएको मन्दिर जिर्ण बन्दै गएपछि स्थानियबासीको पहलमा आकर्षक प्यारोडा शैलिमा निर्माण थालिएको र ऐच्छिक सहयोगबाट रकम संकलन भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसैबिच संस्कृत पाठशाला अतिथी तथा सन्त निवास निर्माण गर्ने उद्धेश्यले आगामी मंसिर २८ गते देखी उक्त मन्दिर परिसरमा धन धान्यााचल ज्ञान महायज्ञको आयोजना समेत गरिएको छ । महायज्ञलाई सफल बनाउनका लागि आवश्यक अतिथी निवास मन्दिर भक्तजनहरुलाई बस्ने व्यवस्था लगायतका सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । महायज्ञ तथा पुर्ननिर्मित मन्दिरको स्वामी सत्य प्रकाशानन्दले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।