बिहुलाई धार्मिक पर्यटकिय गन्तव्य स्थल बनाउन

बागलुङको बिहुलाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको रुपमा बिकास गर्ने उद्धेश्यले बिहुको रामकोटमा प्यारोडा शैलीमा पर्नुनिर्माण गर्न लागिएको त्रिपुरेश्वर महादेव मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ ।
करिब १ करोडको लागतमा पश्चिमााचलमै नमुना आकर्षक शैलीमा पुर्ननिर्माण गर्न लागिएको मन्दिरको ९० प्रतिशत काम सकिएको र १० प्रतिशत काम बाकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव हरि प्रसाद कंडेलले जानकारी दिनुभयो ।
बिहुलाई आकर्षक धार्मिक स्थलको रुपमा विकास गर्नका लागि प्यारोडा शैलिमा मन्दिर निर्माण भइरहेको र मन्दिरलाई सुसज्जित गर्नका लागि काठमाण्डौ र भक्तपुरबाट तालिम प्राप्त दक्ष व्यक्तिहरुलाई ल्याइएको उहाले जानकारी दिनुभयो । २०२९ सालमा निर्माण गरिएको मन्दिर जिर्ण बन्दै गएपछि स्थानियबासीको पहलमा आकर्षक प्यारोडा शैलिमा निर्माण थालिएको र ऐच्छिक सहयोगबाट रकम संकलन भइरहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसैबिच संस्कृत पाठशाला अतिथी तथा सन्त निवास निर्माण गर्ने उद्धेश्यले आगामी मंसिर २८ गते देखी उक्त मन्दिर परिसरमा धन धान्यााचल ज्ञान महायज्ञको आयोजना समेत गरिएको छ । महायज्ञलाई सफल बनाउनका लागि आवश्यक अतिथी निवास मन्दिर भक्तजनहरुलाई बस्ने व्यवस्था लगायतका सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । महायज्ञ तथा पुर्ननिर्मित मन्दिरको स्वामी सत्य प्रकाशानन्दले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

No comments:

Post a Comment