त्रिपुरेश्वरमा महायज्ञ सुरु नवनिर्मितमन्दिरको उद्घाटन

सुवास कंडेल बागलुङ/ बागलुङको बिहुं गाविसलाई धार्मिक पर्यकिय गन्तव्यको रुपमा विकास गर्नका लागि पूननिर्माण गरिएको त्रिपूरेश्वर महादेवको मन्दिर तथा साङ्गमहारुद्राभिषेक अध्यात्मरामायणात्मक विश्वशान्ती बृहत धनधान्ाचल महायज्ञको आज उद्घाटन गरिएको छ । भारतको हरिद्धारका पिठाधिष सत्यप्रकाशानान्दले मन्दिर र महायज्ञको उद्घाटन गर्नुभएको थियो । 
महायज्ञको उद्घाटन पूर्व बिहुं गाविसमा रहेका विद्यालय स्काउट महिला समूह मन्दिर व्यवस्थापन समिति र भक्तजनहरुको समूहले कलाशयात्रा सहित गाउं परिक्रमा गरिएको थियो । नवनिर्मित मन्दिरमा पश्चिमााचलकै ठूलो शिवलिङगको मूर्तिस्थापना गरिएको छ । महायज्ञको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले धार्मिक क्षेत्रको विकास गरेर पनि पर्यटन वर्ष २०११ लाई सफल पार्न सकिने बताएका छन् । मन्दिर व्यवस्थापन सचिव हरिप्रसाद कंडेलले समितिले मन्दिरको पूननिर्माण संगै धार्मिक पर्यटनका लागि बिहुं गाविसलाई चिनाउन सहयोग पुग्ने बताउनुभयो । 
कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे परमानन्द संस्कृत गुरुकुल देवघाटका विद्यार्थी लक्ष्मण भण्डारी राजु भण्डारी मनोज भण्डारी अर्जुन पौडेल धनाजय घण्डारी ज्ञानबहादुर पूर्जा एकप्रसाद शर्मा मन्दिर निर्माण समितिका अध्यक्ष गंगाप्रसाद कंडेल लगायतले बोल्नुभएको थियो । ७ दिन सम्म संचालन हुने महायज्ञमा १ हजार ८ स्वामी विवेकानन्द सरस्वतीले प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई ताम्रापत्रले सम्मान गरिएको थियो । मन्दिर निर्माणका लागि बिहुं ९ करलिमका श्यामसुन्दर रिजालले २० लाख रुपैंया विहुं ५ का मोतिलाल कंडेलले १ लाख ५ हजार र अमृत कंडेलले १ लाख ११ हजार सहयोग गर्नुभएको थियो । महायज्ञको पहिलो दिन आज सबै भन्दा धेरै रकम बिहुं ९ का बालकृष्ण सुवेदीले ६ लाख ७ हजार सहयोग गर्नुभएको छ । महायज्ञको पहिलो दिनमात्र मन्दिर निर्माण सहितको रकम ३६ लाख रुपैंया संकलन भएको महायज्ञ संचालन समितिले जनाएको छ । २०२९ सालमा निर्माण गरिएको मन्दिर जिर्ण बन्दै गएपछि स्थानियबासीको पहलमा करिब १ करोडको लागतमा पश्चिमााचलमै नमुना आकर्षक शैलीमा पुर्ननिर्माण गरिएको मन्दिरको निर्माण गरिएको हो । मन्दिरलाई प्योगोडा शैलिमा निर्माण गर्नका लागि विगत ४ महिना देखि भक्तपूरका कालिगढहरु खटिएका छन् । 

No comments:

Post a Comment